Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक बस्दै

कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक बस्दै

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । 

बैठक सोमबार दिउँसो ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको हो । 

उक्त बैठकमा बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। 

रसाइलीका अनुसार संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको छ।

यसअघि नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुट्दा निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अन्तिम समयमा बैशाख ११ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा हार व्योहोरेको ३८  कांग्रेसमा प्रतिनिधिसभामा कांग्रेसका सामानुपातिक र प्रत्यक्षमा गरी ३८ सांसद छन् ।

संसदमा प्रतिनिधित्व भएका  रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।

तर प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन।

कांग्रेस संसदीय दलको नेता लागि सांसद मोहन आचार्य, भीष्मराज आङ्देम्बे रअर्जुननरसिंह केसी लगायतका नेताहरु दाबेदार छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077