Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दबाब र धम्कीबीच वार्ता हुन सक्दैन : इरानी राष्ट्रपति

दबाब र धम्कीबीच वार्ता हुन सक्दैन : इरानी राष्ट्रपति

आइतवार , बैशाख १३, २०८३

एजेन्सी । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले दबाब, धम्की र घेराबन्दीको अवस्थामा कुनै पनि प्रकारको वार्ता सम्भव नहुने स्पष्ट पारेका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ सँगको टेलिफोन संवादका क्रममा उनले अमेरिका लक्षित गर्दै भने, 'दबाब र धम्कीबीच वार्ता हुन सक्दैन।'

इरानी राष्ट्रपतिले संयुक्त राज्य अमेरिका ले बारम्बार सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै वार्ता र युद्धविरामका प्रक्रियामा समेत दबाबको नीति अपनाइएको बताएका छन्।

उनले अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घ को बडापत्रविरुद्ध रहेको दाबी गरे।

पेजेश्कियानले यस्ता प्रतिबन्ध र धम्कीपूर्ण अभिव्यक्तिले शान्ति प्रक्रियाप्रतिको विश्वास कमजोर बनाउने चेतावनी दिएका छन्।

साथै, इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको र कुनै पनि नयाँ द्वन्द्वले क्षेत्रीय मात्र होइन, विश्वव्यापी स्थिरतामा गम्भीर असर पार्न सक्ने उनको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077