Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धविरामकै बीच लेबनानमा इजरायली हवाई हमला, १४ जनाको मृत्यु

युद्धविरामकै बीच लेबनानमा इजरायली हवाई हमला, १४ जनाको मृत्यु

सोमवार , बैशाख १४, २०८३

एजेन्सी । लेबनानको दक्षिणी भेगमा आइतबार भएको इजरायलको हवाई हमलामा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

लेबनान स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र दुई बालबालिका समेत रहेका छन् भने ३७ जना घाइते भएका छन्।

अमेरिकी मध्यस्थतामा अप्रिल १६ देखि लागू भएको र मे महिनाको मध्यसम्मका लागि बढाइएको युद्धविराम जारी रहेकै अवस्थामा यो आक्रमण भएको हो। यसले क्षेत्रीय तनाव फेरि चर्किने संकेत दिएको छ।

रिपोर्टअनुसार इजरायली युद्धविमानले दक्षिण लेबनानका कफर तिबनित र जावतार अल–शर्किया लगायत गाउँहरूलाई लक्षित गर्दै आक्रमण गरेका थिए। आक्रमणमा एक मस्जिदसहित अन्य धार्मिक संरचनाहरू ध्वस्त भएका छन्।

यता इजरायलले पनि उक्त क्षेत्रमा भएको भिडन्तका क्रममा आफ्ना एक सैनिकको मृत्यु भएको र ६ जना घाइते भएको पुष्टि गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077