Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक दुई घण्टा ढिला गरी सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक दुई घण्टा ढिला गरी सुरु

सोमवार , बैशाख १४, २०८३

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

आज बिहान ११ बजेका लागि बोलाएको बैठक दुई घण्टा ढिलागरी सुरु भएको  हो ।

बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने बताइएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा पार्टी सभापति गगनकुमार थापाले नै आङ्देम्बेको नाम प्रस्ताव गर्ने तयारी गरेको जनाइएको छ । 

यसअघि रसुवाबाट निर्वाचित मोहन आचार्य र आङदेम्बेको नाममा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माबीच कुरा मिलेको थिएन । त्यसैले सहमतिमै दलको नेता चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया स्थगीत गरिएको थियो ।

तर सोमबारको कार्यसम्पादन बैठकअघि कांग्रेसका शीर्ष नेताहरूबीच भएको छलफलमा आङदेम्बेका नाममा सहमति जुटेको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077