काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकका तीन निर्णय सार्वजनिक भएका छन् ।
जसमा सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको छ
यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी गराए ।