Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिटको सुनुवाइ आज

सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिटको सुनुवाइ आज

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । सर्वोच्च अदालतमा सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले गठन गरेको उक्त आयोगको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै रिट दायर गरिएको हो ।

अधिवक्ता प्रेमराज सिलवालले मंगलबार रिट दर्ता गर्दै आयोग खारेज गर्न माग गरेका छन्। रिटमा सार्वजनिक पदाधिकारीको सम्पत्तिमाथि अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग सक्रिय हुँदाहुँदै त्यसलाई बाइपास गरेर छुट्टै आयोग गठन गर्नु संविधानविपरीत भएको जिकिर गरिएको छ।

सरकारले वैशाख २ गते राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने कार्यादेश दिइएको छ।

उक्त आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदमुक्त भएका व्यक्तिहरू तथा उनीहरूका परिवारका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्तिको विवरण संकलन र विश्लेषण गर्ने जिम्मेवारी पाएको छ।

आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने र सरकारले ४५ दिनभित्र त्यसको कार्यान्वयन गर्नुपर्ने प्रावधानसमेत राखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077