Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाबाट उम्मेदवार बन्न नयाँ मापदण्ड, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट पास हुनै पर्ने

रास्वपाबाट उम्मेदवार बन्न नयाँ मापदण्ड, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट पास हुनै पर्ने

आइतवार , बैशाख २०, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आगामी स्थानीय तहको निर्वाचनमा सक्षम नेतृत्व उतार्न ‘प्रशिक्षण र परीक्षण’ गर्ने भएको छ। 

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उम्मेदवारी दिन चाहने व्यक्तिले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ प्रक्रिया पूरा गरी उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

उम्मेदवारको योग्यता मापन गर्न र उनीहरूलाई स्थानीय सरकार सञ्चालनबारे दक्ष बनाउन रास्वपामा क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी पार गर्नुपर्नेछ। क्यान्डिडेट क्लबमा सम्भावित उम्मेदवारहरूको एउटा साझा मञ्च हुनेछ, जहाँ उम्मेदवार बन्न इच्छुक सदस्यको प्रारम्भिक अभिलेखीकरण र उनीहरूको सार्वजनिक छवि तथा सामाजिक योगदानको मूल्यांकन गरिनेछ।

यस्तै लिडरसिप एकेडेमीमार्फत सदस्यहरूलाई स्थानीय शासन, संविधान, विकास योजना, र पार्टीको नीति तथा मार्गचित्रबारे विशेष प्रशिक्षण दिइनेछ। प्रशिक्षणपश्चात हुने परीक्षा वा मूल्यांकनमा उत्तीर्ण भएपछि मात्र उनीहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधिकारिक ‘टिकट’ का लागि योग्य मानिनेछन्। 

प्रवक्ता मनिष झालका अनुसार रास्वपाले उम्मेदवार तयारी तथा मूल्याङ्कनका लागि ‘क्यान्डिडेट क्लब’ गठन गरिसकेको छ। यसअघि बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उम्मेदवार छनोटसम्बन्धी कार्ययोजना तयार पार्दै त्यसको कार्यान्वयनका लागि सम्पादन समिति पनि गठन गरेको थियो।

समितिको संयोजकमा सहमहामन्त्री विपिनकुमार आचार्यलाई जिम्मेवारी दिइएको छ भने सचिवको जिम्मेवारी केन्द्रीय सदस्य रामकुमार ९आरके० ढुंगानालाई तोकिएको छ। समितिमा संघीय सांसदसहित थप पाँच सदस्य समावेश छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077