Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक भोलि बस्ने

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक भोलि बस्ने

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने भएको छ ।

पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार, बैठक दिउँसो ३ बजे बस्नेछ। यो बोर्ड नेपाली कांग्रेस संसदीय दलको विधान २०८३ को धारा २१ बमोजिम गठन गरिएको हो।

बैठकमा बोर्डका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहने जनाइएको छ। पार्टी प्रवक्ता देवराज चालिसे का अनुसार, बोर्डको नेतृत्व पार्टी सभापतिले गर्ने व्यवस्था छ।

बोर्डमा प्रतिनिधिसभा र राष्ट्रियसभाका संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतकहरू तथा महामन्त्रीहरू रहनेछन्। साथै, संसदीय समितिमा रहेका वरिष्ठ कांग्रेस नेताहरूलाई आवश्यकताअनुसार सहभागी गराइने व्यवस्था गरिएको छ।

यो बोर्डले संसद्‌मा पार्टीको एकीकृत धारणा निर्माण गर्ने, विधेयक र नीतिगत विषयमा रणनीति तय गर्ने, गठबन्धन व्यवस्थापन तथा संसदीय गतिविधिमा समन्वय गर्ने प्रमुख जिम्मेवारी पाउनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077