Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यूएईको फुजैराह तेल भण्डारण केन्द्रमा भीषण आगलागी, इरानमाथि क्षेप्यास्त्र आक्रमणको आरोप

यूएईको फुजैराह तेल भण्डारण केन्द्रमा भीषण आगलागी, इरानमाथि क्षेप्यास्त्र आक्रमणको आरोप

मंगलवार , बैशाख २२, २०८३

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) को सबैभन्दा ठूलो तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार यूएईको फुजैराहस्थित उक्त केन्द्रमा लागेको आगोमा कम्तीमा तीन जना घाइते भएका छन् ।

यूएईले आगलागी इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण भएको आरोप लगाएको छ। घटनाअघि तीनवटा इरानी क्षेप्यास्त्रलाई आकाशमै ध्वस्त पारिएको दाबी पनि यूएईले गरेको छ।

घटनापछि यूएईले कडा प्रतिक्रिया जनाउँदै प्रतिवाद गर्ने चेतावनी दिएको छ। जारी विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ को बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनअनुसार आत्मरक्षाको अधिकार प्रयोग गरिने उल्लेख गरिएको छ।

यद्यपि यूएईको आरोपबारे इरानले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077