Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाका रक्षामन्त्रीले भने - इरानसँग युद्धविराम कायम, होर्मुजमा नाकाबन्दी जारी छ

अमेरिकाका रक्षामन्त्रीले भने - इरानसँग युद्धविराम कायम, होर्मुजमा नाकाबन्दी जारी छ

बुधवार , बैशाख २३, २०८३

एजेन्सी । अमेरिका र इरानबीच बढ्दो तनावका बीच पनि औपचारिक रूपमा युद्धविराम भने अझै कायम रहेको अमेरिकी पक्षले स्पष्ट पारेको छ ।

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले हालको स्थिति ‘युद्धविराम अन्त्य नभएको’ भन्दै भ्रम नफैलाउन आग्रह गरेका छन् ।
बीबीसीका अनुसार पत्रकारहरूले होर्मुज क्षेत्रमा अमेरिकाले गरिरहेको गतिविधिलाई युद्धविरामको अन्त्यको संकेत हो कि भनेर प्रश्न गरेका थिए।

त्यसको जवाफमा हेग्सेथले भने, 'यो युद्धविरामसँग सम्बन्धित विषय होइन, छुट्टै र विशेष परियोजना हो। अहिलेका लागि युद्धविराम कायम छ।'

उनले इरानलाई सचेत रहन र कुनै पनि उक्साहटपूर्ण कदम चालेर पुनः द्वन्द्वतर्फ नलम्किन चेतावनीसमेत दिएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २२ मा इरानसँगको युद्धविराम अनिश्चितकालका लागि विस्तार गर्ने निर्णय गरेका थिए। तर त्यसपछि भएको प्रारम्भिक कूटनीतिक वार्ता असफल भएपछि परिस्थिति फेरि तनावपूर्ण बनेको छ।

विशेषगरी होर्मुज स्ट्रेटमा अमेरिकी सेनाले लागू गरेको नाकाबन्दी अहिले पनि जारी छ, जसलाई दुई देशबीच तनाव चर्काउने मुख्य कारणको रूपमा हेरिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077