Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

होर्मुज तनावबीच ट्रम्पको ‘प्रोजेक्ट फ्रिडम’ स्थगित

होर्मुज तनावबीच ट्रम्पको ‘प्रोजेक्ट फ्रिडम’ स्थगित

बुधवार , बैशाख २३, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज क्षेत्रमा सञ्चालन भइरहेको अमेरिकी अभियान अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्। उनले मंगलबार राति ट्रुथ सोसियलमार्फत यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।

ट्रम्पका अनुसार पाकिस्तानसहित विभिन्न देशहरूको आग्रह र इरानका प्रतिनिधिहरूसँग “पूर्ण तथा अन्तिम सम्झौतामा उल्लेखनीय प्रगति” भएपछि ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा स्थगित गरिएको हो। यद्यपि उनले नाकाबन्दी भने यथावत् रहने स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, 'नाकाबन्दी कायम रहन्छ, तर सम्झौता अन्तिम रूप दिन र हस्ताक्षरको वातावरण बनाउन ‘प्रोजेक्ट फ्रिडम’ केही समयका लागि रोकिएको छ।'

होर्मुज स्ट्रेट क्षेत्रमा पछिल्ला दिनमा बढ्दो सैन्य गतिविधिका बीच आएको यो निर्णयलाई कूटनीतिक संकेतका रूपमा हेरिएको छ। विश्वकै महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने यस क्षेत्रमा तनावले अन्तर्राष्ट्रिय बजारसमेत प्रभावित पारिरहेको छ।

यस विषयमा इरानले औपचारिक प्रतिक्रिया दिएको छैन। तर ट्रम्पले भने अमेरिकी सैन्य र आर्थिक दबाबकै कारण इरान वार्तामा आउन बाध्य भएको दाबी गरेका छन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले इरानप्रति कटाक्ष गर्दै भने, 'उनीहरू मसँग सम्मानपूर्वक कुरा गर्छन्, तर सार्वजनिक रूपमा इन्कार गर्छन्। उनीहरू खेल खेलिरहेका छन्। तर अन्ततः उनीहरू सम्झौता गर्न चाहन्छन्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077