Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

होर्मुजपछि ‘रेड सी’ पनि बन्द गर्ने इरानको धम्की

होर्मुजपछि ‘रेड सी’ पनि बन्द गर्ने इरानको धम्की

आइतवार , चैत्र १५, २०८२

एजेन्सी । मध्यपूर्वमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा गम्भीर असर पार्ने संकेत देखिएको छ ।

इरानले होर्मुज जलमार्गपछि ‘रेड सी’ को प्रवेशद्वार मानिने बाब अल–मन्देब स्ट्रेट बन्द गर्ने चेतावनी दिएपछि विश्वभर तेल आपूर्तिमा थप संकट उत्पन्न हुने आशंका बढेको हो ।

विशेषज्ञहरूका अनुसार होर्मुज जलमार्ग बाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुन्छ भने रेड सी क्षेत्रमार्फत १०–१२ प्रतिशत तेल ओसारपसार हुने गर्दछ।

यी दुवै महत्वपूर्ण मार्ग प्रभावित भए विश्व बजारमा तेल अभाव चर्किने र मूल्य आकासिने जोखिम देखिएको छ।

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई लक्षित गर्दै कडा चेतावनी दिएको छ। अमेरिकाले इरानको भूभाग वा टापुहरूमा हस्तक्षेप गरे बाब अल–मन्देब स्ट्रेटमा समेत नियन्त्रण कायम गर्ने र आवागमन अवरुद्ध पार्ने संकेत दिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077