Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

होर्मुजमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान, भारतीय जहाज समुद्रमा डुब्यो

होर्मुजमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान, भारतीय जहाज समुद्रमा डुब्यो

शनिवार , बैशाख २६, २०८३

एजेन्सी । मध्यपूर्वको संवेदनशील समुद्री मार्ग होर्मुज स्ट्रेटमा गएराति इरान र अमेरिकाका नौसेनाबीच भएको गोली हानाहानका क्रममा एउटा भारतीय मालवाहक जहाज समुद्रमा डुबेको छ।

घटनामा एक भारतीय चालक दल सदस्यको मृत्यु भएको छ भने अन्य १७ जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय अनलाइन दैनिक ‘दैनिक भास्कर’का अनुसार डुबेको जहाज गुजरातको द्वारका जिल्लास्थित सलायामा दर्ता गरिएको कार्गो जहाज ‘एमएसभी एएल फैज नुर-ए-सोलेमानी-आई’ हो ।

उक्त जहाज दुबईबाट यमनको मुकाल्ला बन्दरगाहतर्फ कार्गो बोकेर जाँदै गरेको बेला समुद्री तनावको चपेटामा परेको बताइएको छ।

दुर्घटनामा चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा रहेका अन्य १७ जनालाई भने उद्धार गरिएको भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले जानकारी दिएका छन्।

उनका अनुसार जहाजमा एक जना बन्दुकधारीसहित कुल १८ जना चालक दलका सदस्य सवार थिए। घटनापछि उद्धार तथा थप समन्वयका लागि दुबईस्थित भारतीय दूतावासलाई इमेलमार्फत जानकारी गराइएको पनि उनले बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077