Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्र प्रहरीका १८ जवान सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

सशस्त्र प्रहरीका १८ जवान सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १८ जना प्रहरी जवान सम्पर्कबिहीन भएका छन् । उनीहरू विभिन्न इकाइबाट बिदा वा आफूखुसी रूपमा ब्यारेक छोडेर गैरहाजिर रहेको पाइएको हो ।

प्रधान कार्यालयले आज सूचना जारी गर्दै सम्बन्धित जवानहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन कडा निर्देशन दिएको छ । सूचना अनुसार, उनीहरू हालसम्म कुनै पनि माध्यमबाट सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गर्नुपरेको हो ।

सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ।”

समयमै सम्पर्कमा नआएमा उनीहरूमाथि प्रहरी नियमावली बमोजिम आवश्यक कारबाही हुने चेतावनीसमेत दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077