Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्रिकेटर आरीफ शेख सहायक हवल्दारमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान

क्रिकेटर आरीफ शेख सहायक हवल्दारमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेखले मैदानमा देखाएको उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप नेपाल प्रहरीबाट विशेष बढुवा पाएका छन् ।

नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका उनलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरिएको हो ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा शिद्धीविक्रम शाहले आरिफलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

राष्ट्रिय तथा क्लबस्तरमा निरन्तर उत्कृष्ट योगदान दिएका खेलाडीलाई प्रोत्साहनस्वरूप उक्त बढुवा गरिएको प्रहरी स्रोतले जनाएको छ।

आरिफको कप्तानीमा नेपाल पुलिस क्लबले जय ट्रफी र प्रो क्लब च्याम्पियनसिपको उपाधि जित्दै सशक्त प्रदर्शन गरेको थियो।

त्यस्तै, उनले टी–२० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो क्षमता प्रमाणित गरेका छन्।

हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान र यूएईविरुद्धको शृंखलामा समेत उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई मजबुत बनाएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077