Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

लुटेराको पेस्तोल अगाडि नडराएकी सञ्जितालाई आईजीपी कार्कीले गरे सम्मान

लुटेराको पेस्तोल अगाडि नडराएकी सञ्जितालाई आईजीपी कार्कीले गरे सम्मान

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । पेस्तोल देखाएर ज्वेलर्स लुट्न आएका समूहविरुद्ध निर्भीक प्रतिकार गर्दै लुटपाटको प्रयास विफल बनाएकी सञ्जिता शाक्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा काठमाडौं महानगरपालिका–२२ वटु निवासी शाक्यलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

गत वैशाख १७ गते काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित ‘नैना एण्ड ईशान ज्वेलर्स’मा दुई जना व्यक्तिले पेस्तोल देखाएर आतंक सिर्जना गर्दै लुटपाटको प्रयास गरेका थिए। त्यस क्रममा सञ्जिता शाक्यले ज्यानको जोखिम मोलेर साहसिक प्रतिकार गरेपछि लुटेराको योजना असफल भएको थियो।

प्रहरी प्रधान कार्यालयका अनुसार घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

सम्मान कार्यक्रममा आइजिपी कार्कीले शाक्यले संकटपूर्ण अवस्थामा देखाएको साहस, सतर्कता र नागरिक दायित्वबोध प्रेरणादायी भएको बताए।

उनले अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि प्रहरी–नागरिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा प्रविधिसहितको प्रभावकारी सुरक्षा प्रणालीलाई प्राथमिकतामा राखिने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077