Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ प्रहरीमा नयाँ कमाण्डर, जिम्मेवारीमा डीएसपी जोरा

बझाङ प्रहरीमा नयाँ कमाण्डर, जिम्मेवारीमा डीएसपी जोरा

शुक्रवार , बैशाख २५, २०८३

धनगढी । जिल्ला प्रहरी कार्यालय बझाङको इन्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोरालाई दिइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई काजमा बझाङ सरुवा गर्दै कार्यालय प्रमुखको जिम्मेवारी दिएको हो । 

बझाङका तत्कालीन प्रमुख डीएसपी खगेन्द्र धमला ‘पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स’ ब्याच–२ मा सहभागी हुन गएपछि कार्यालय प्रमुखको पद रिक्त रहेको थियो ।

डीएसपी जोराले यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहेर काम गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077