Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानन्यायाधीश सिफारिसमा खुश्बु ओलीको आपत्ति, भनिन् - राज्य व्यक्ति केन्द्रित बन्दै गयो

प्रधानन्यायाधीश सिफारिसमा खुश्बु ओलीको आपत्ति, भनिन् - राज्य व्यक्ति केन्द्रित बन्दै गयो

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको स्थापित रोलक्रम मिचिएको भन्दै सरकारमाथि आलोचना गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको आरोप लगाएकी हुन्।

उनले वरिष्ठतालाई केवल उमेर वा कपाल फुल्नुसँग जोड्ने “गलत भाष्य” सत्तापक्षले स्थापित गर्न खोजेको टिप्पणी गर्दै वरिष्ठता भनेको संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णय क्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत मापदण्ड भएको उल्लेख गरेकी छन्।

ओलीले लेखेकी छन्, 'आज सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै छन्। स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघाती र खतरनाक दिशातर्फ अगाडि बढ्दै छ।'

उनका अनुसार सरकारले वरिष्ठताको स्थापित रोलक्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुले संवैधानिक तथा सार्वजनिक नियुक्तिमा गलत नजिर स्थापित गरेको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै ओलीले विधि, प्रक्रिया र संस्थागत मर्यादा स्थापित गर्ने दाबी स्वयं सरकारकै कदमबाट कमजोर बनेको बताइन्।

उनले भनिन्, 'विधि, प्रक्रिया र संस्थागत मर्यादा स्थापित गर्ने दाबी गर्ने सरकारले फेरि एकपटक आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको छ। राज्य प्रणालीमा विधिभन्दा अधिनायकवाद निर्णायक बन्दै गएको सन्देश यस कदमले प्रवाह गरेको छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077