Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५ अर्बको वित्तिय अपराध : एनसेल र इन्भेष्टमेन्ट बैंकसँग सीआइबीले झिकायो कागजात

५ अर्बको वित्तिय अपराध : एनसेल र इन्भेष्टमेन्ट बैंकसँग सीआइबीले झिकायो कागजात

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । स्मार्ट टेलिकमको पाँच अर्बको वित्तिय अपराधमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धानलाई तिव्रता दिएको छ । 

यसमा एनेसलदेखि नेपाल इन्भेष्टमेन्ट मेघा बैंकसम्म छानबिनको दायरामा छन् । नेपाल दुरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष भुपेन्द्र भण्डारी पनि अनुसन्धानमा तानिएका छन् । 

बैंकले लिलामीको सूचना प्रकाशित गर्दा समेत भण्डारी मौन बसेर बैंक र स्मार्टको वित्तिय अपराधलाई साथ दिएका थिए । 

स्मार्ट टेलिकमका तत्कालिन सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरी सीआइबीले यसमा अनुसन्धान गरिरहेको छ । जोशीको बयानपछि थप व्यक्तिलाई पक्राउ गर्ने सीआइबीको तयारी छ । 

तीन वर्ष अघि नै बन्द भएर सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको अर्बौं सम्पत्ति लिलामीको माध्यमबाट एनसेलले हत्याएको थियो । 

सो कम्पनीलाई नेपाल इन्भेष्टमेन्ट बैंकले कर्जा दिएको होइन । एलसी खोलिदिएको विषयलाई लिएर त्यसरी चार अर्ब ६० करोड रुपैयाँ बराबरको उपकरण लिलामी गरिएको थियो । जुन  एनसेलले मिलेमतोमा सकारेको थियो । 

यसमा सबै पक्षको संगठित मिलेमतो देखिएको स्रोत बताउँछ । जबकी इजाजत रद्द भएपछि त्यो सम्पत्ति स्वतः सरकारको हुनुपर्ने थियो । 

सीआइबी स्रोतका अनुसार सीआइबीले इन्भेष्टमेन्ट बैंक र एनसेलबाट यस सम्बन्धी सक्कल फाइल नै लगिसकेको छ । त्यसको अध्ययनपछि त्यसमा संलग्न व्यक्तिहरुमाथि छानबिन गर्ने तयारी छ ।  

यस प्रकरणमा ठगी तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान भइरहेको सीआइबीका एसएसपी शिव श्रेष्ठ बताउँछन् । 

अर्बौं दस्तुर नबुझाएपछि स्मार्ट टेलिकमको अनुमपतिपत्र २०८० बैशाख ३ गते नै दुरसञ्चार प्राधिकरणले अनुमति रद्द गरिसकेको छ । 

५ अर्बको वित्तिय अपराधमा मुछिए शतिशलाल र ज्योती, जोशी पक्राउपछि खुल्यो रहस्य ५ अर्बको वित्तिय अपराधमा मुछिए शतिशलाल र ज्योती, जोशी पक्राउपछि खुल्यो रहस्य

यसरी अनुमति रद्द भएका टेलिकम कम्पनीको सम्पूर्ण सम्पत्ति दुरसञ्चार प्राधिकरणको हुने प्रावधान छ । तर, दुरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीसहितकै पदाधिकारीको मिलेमतोमा कम्पनीको सम्पत्ति हत्याउने योजना बन्यो । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि सहभागी भएको थियो ।  

एनसेलमा हाल प्रमुख शेयर स्वामित्व भएका विवादास्पद व्यापारी शतिसलाल आचार्यकै योजनामा यो ठगीको योजना बनेको थियो । उनी स्मार्ट टेलिकमकै पूर्वसञ्चालक हुन् ।

आचार्यका भाई सचिनलालले दूरसञ्चार प्राधिकरणदेखि बैंकसम्म सेटिङ गरेका थिए । घुसको सबै चाँजोपाँजो मिलाउने सचिनलाल र उनका दाजु यो प्रकरण बाहिर आएपछि सम्पर्कविहिन बनेका छन् । उनीहरु सिंगापुरमा रहेको स्रोत बतउँछ । 

जसअनुसार योजनाबद्ध रुपमै स्मार्ट टेलिकम, दुरसञ्चार प्राधिकरण, इन्भेष्टमेन्ट बैंक र एनसेलको योजनामा सो कम्पनीका सम्पूर्ण सम्पत्ति लिलाम गरेर आचार्य दाजुभाइले स्मार्ट टेलिकमको सम्पत्ति हत्याएका हुन् । 

यसमा विभिन्न निकायमा करोडौं कमिसन पुर्याएको सूचना सीआइबीसम्म पुगेको छ । सीआइबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ ज्योती पाण्डेमाथि पनि सोधपुछको तयारी गरेको छ । पाण्डे भने सीआइबीको अनुसन्धानलाई प्रभावित पार्ने प्रयासमा लागिसकेका छन् ।

स्मार्ट र एनसेलको यो प्रकरणमा गम्भिर प्रकृतिको आर्थिक अपराध रहेको खुलेपछि अनुसन्धानका सबै पाटोलाई समेटेर सीआईबीका एआईजी डा. मनोज केसीले आफै अग्रसरता जनाई छानविनलाई तिव्रता दिएका छन् ।

एनसेलको शेयर खरिद सम्झौता गर्दा शतिशलालका दाजुभाइले ठूलो रकम हुण्डीमार्फत दुबई, मलेसिया र सिंगापुरमा पुर्याएको प्रकरणमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अर्को छानविन गरिरहेको विभागका एक उच्च अधिकारील अनलाइन नेपालसँग बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077