Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनावपछि राजनीतिक समर्थनसंगै जनमत पनि फेरियो: दुर्गा प्रसाईं

चुनावपछि राजनीतिक समर्थनसंगै जनमत पनि फेरियो: दुर्गा प्रसाईं

'बालेन पनि ओलीजस्तै निरकुंश भइसके'

शनिवार , बैशाख २६, २०८३

भक्तपुर । मेडिकल व्यावसाही दुर्गा प्रसाईँले  सरकारले चुनावपछि राजनीतिक समर्थन र जनमतको अवस्था फेरिएको टिप्पणी गरेका छन् ।

शनिबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले घण्टीमा भोट हाले भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगिसकेको टिप्पणी गरेका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँले सरकारले सुकुम्वासी बस्तीमा डोजर लगाएर गरिबका सपना चकनाचुर बनाएको आरोप लगाएका छन्।

उनले भने- 'तपाईँलाई यी गरिबको आँसु लाग्छ, उनीहरूले जीवनभरिको कमाइले घर बनाएका थिए । कसैले मकै बेचेर, कसैले गिट्टी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ्ग लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए तर ती सबै घर भत्किए। घरमात्रै भत्किएन गरिबका सपना पनि भत्किए।'

उनले सुकुमबासी तथा मजदुर वर्ग प्रभावित भएको भन्दै घर भत्काइँदा गरिबका सपना चकनाचुर भएको दाबी गरे । उनका अनुसार जीवनभरको कमाइबाट घर बनाएका नागरिकहरू अहिले पीडामा परेका छन् ।

साथै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जस्तै निरकुंश शैलीमा प्रधानमन्त्री बालेन शाहले पनि शक्ति केन्द्रित गर्न खोजिरहेको आरोप लगाए । प्रसाईँले शक्ति भनेको जनता हो भन्ने कुरा नबिर्सन चेतावनी  दिए ।

 

 

 

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077