Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीद्वारा विपद उद्धार सम्बन्धी नमूना अभ्यास प्रदर्शन

नेपाल प्रहरीद्वारा विपद उद्धार सम्बन्धी नमूना अभ्यास प्रदर्शन

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । नेपाल प्रहरीले बैशख २५ गते शुक्रबार केन्द्रीय विशेष कार्यदलको कपनस्थित परिसरमा विपद उद्धार सम्बन्धी नमूना अभ्यास प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यदलका प्रमुख एसपी चक्रराज जोशीको कमाण्डमा रहेका प्रहरीहरुले त्यस अवसरमा विपद उद्धार सम्बन्धी नमूना अभ्यासहरु प्रदर्शन गरेका थिए । 

प्रदर्शनका क्रममा पाँच जना आपराधिक व्यक्तिहरुले गस्तीमा रहेको सुरक्षा फौजलाई लक्षित गर्दै गोली चलाएपछि जवाफी फायर खोलेको प्रहरीले उनीहरु पाँचै जनालाई घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो । 

1.jpg

त्यसैगरी एक्कासी आगो लाग्दा कसरी आगो नियन्त्रण गर्ने र आगोमा फसेकाहरुलाई कसरी सकुशल उद्धार गरेर अस्पतालसम्म पुर्याउने भन्ने अभ्यास पनि देखाइयो ।

आगलागीमा परेका घाइते व्यक्ति लिएर एम्बुलेन्स अस्पतालतर्फ जानासाथ अर्को घरमा केही अपहरणकारी प्रवेश गरेको दृष्य देखाइयो । समयमै सुरक्षाकर्मीले थाहा पाएपछि बाहिर र उक्त घरको छतबाट आएका प्रहरीले अपहरणकारीलाई नियन्त्रणमा लिन सफल भएका थिए । 

त्यसैगरी प्रदर्शनका क्रममा आईए ड्रिल, प्रहरीले प्रयोग गर्ने विभिन्न हतियार खोलजोड, विपद् उद्धार सामाग्रीहरुको प्रदर्शन, होस्टेज रेस्क्यू ड्रिलको अभ्यास समेत गरिएको थियो । 

अध्यारोको समयमा वा आपतकालिन अबस्थामा आँखा नै नदेखिने बेला पनि प्रहरीले कसरी हतियार खोलजोड गरेर काम गर्न सक्छ भन्ने पनि प्रदर्शनमा देखाइएको थियो । 

आगलागीमा परेका व्यक्तिलाई १६०० डिग्रीसम्मको तापक्रमबाट पनि उद्धार गर्न सकिने किसिमको विशेष पहिरनको समेत उपलब्ध रहेको जनाउँदै उक्त पोशाकको पनि प्रदर्शन गरिएको थियो । 

त्यस्तै बाढी पहिरो र भूकम्पमा परेका व्यक्तिहरुको पहिचान र उद्धारका लागि आवश्यक उपकरण र सामाग्रीहरुका बारेमा पनि जानकारी दिइएको थियो । 

भत्केका घरभित्र कोही फसेका छन् वा छैनन् भनेर बाहिरबाटै पत्ता लगाउने मेसिनसमेत नेपाल प्रहरीसँग रहेको र सोहीको प्रयोग गरी उद्दार गरिने पनि प्रदर्शनका क्रममा जानकारी गराइयो । 

4.jpg

कार्यक्रममा प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्की, डीआईजी अरुण पौडेल, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्ले, डीआईजी विश्व अधिकारीलगायतका उच्च प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 

‘क्राइमबिट’का सञ्चारकर्मी र संगठनका उच्च अधिकृतहरुको उपस्थितिमा कार्यदलका कमाण्डोहरुले जलउद्धार, अग्निउद्धारका साथै विभिन्न घटनाक्रमका बारेमा नमूना अभ्यास प्रदर्शन गरेका थिए । 

उक्त अवसरमा प्रवक्ता डीआईजी काफ्लेले प्रहरीहरुलाई सम्भावित विपद क्षेत्र पहिचान गरेर आवश्यक आधारभूत सामाग्रीहरुको व्यवस्था गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई विभिन्न किसिमको तालिम दिइरहेको समेत जनाए । 

4.jpg

उनले कुनै पनि विपद उद्धारका लागि प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय र चौकीसम्ममा पनि न्यूनतम विपद उद्धारका सामाग्रीहरु पुर्याउने पनि जनाए ।

डीआईजी काफ्लेले विपदका सम्भावित क्षेत्रहरुमा २४ सै घण्टा प्रहरीलाई ‘स्ट्यान्डबाई’ राखिएको पनि जानकारी गराए । यद्यपी उनले सचेत हुन भने सबैलाई आग्रह गरेका थिए । 

5.jpg

2.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077