Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ई–बिडिङ ह्याकिङ प्रकरण : पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता, क्रिप्टो पनि कारोबार गरेको ठहर

ई–बिडिङ ह्याकिङ प्रकरण : पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता, क्रिप्टो पनि कारोबार गरेको ठहर

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । ई–बिडिङ ह्याकिङ प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वलिक कार्यालयले जिल्ला अदालतमा काठमाडौंमा २२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का प्रक्रियामा हेरफेर गर्ने र क्रिप्टोकरेन्सीमार्फत अवैध कारोबार गर्ने संगठित गिरोहमाथि मुद्दा दर्ता भएको हो ।

पूर्वमन्त्री तथा राप्रपाका नेता विक्रम पाण्डेसहित २२ विरुद्ध मुद्दा दर्ता भएको हो । सीआईबीको अनुसन्धानका क्रममा उक्त समूहले आइएमस सफटवेयर प्रालीद्वारा सञ्चालित डेटा हबको क्लाउड सर्भरमा परीक्षणका लागि प्रयोग गरेको भिपिएस सर्भरलाई माध्यम बनाएर सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र प्रणाली नै ह्याक गरेको खुलेको छ ।

नेपाल प्रहरीका साइबर ब्युरोको अनुरोधमा सीआइबीले कालिका निर्माण सेवाका मालिक पाण्डे, आशिष निर्माण सेवाका ऋषिकेश गौली लगायत २२ जना व्यक्तिलाई पक्राउ गरेको थियो । अभियुक्तहरु मध्ये केहीले ठेक्का ह्याकिङ बापतको कमिशन क्रिप्टो करेन्सी र विटक्वइन मार्फत समेत लिएको अनुसन्धानमा देखिएको छ ।

मुद्दा दायर भएका प्रतिवादीहरूमा शहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत कम्युटर अपरेटर ३३ वर्षीय दिवाकर देउजा, बझाङको दुर्गाथली गाउँपालिका–३ का २५ वर्षीय भरत धामी, तनहुँको बन्दीपुर घर भएका थुम्का निर्माण सेवा प्रालिका सञ्चालक ३९ वर्षीय सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्शन र शिवओम सप्लायर्सका सञ्चालक ४० वर्षीय सागर कटुवाल,  काठमाडौंका ३५ वर्षीय भाष्कर कटुवाल छन् ।

त्यसैगरी गीताञ्जली कन्स्ट्रक्सन दुवहीका सञ्चालक ६२ वर्षीय जीवनकुमार दास, शिभांश निर्माण सेवाका सञ्चालक ३९ वर्षीय अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सनका सञ्चालक ६४ वर्षीय टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका सञ्चालक ३२ वर्षीय अमृत बोहोरा, कालिका कन्स्ट्रक्सनका सञ्चालक ७४ वर्षीय विक्रम पाण्डे, आइकोन प्रालिका सञ्चालक ३० वर्षीय स्वदेश पोखरेल छन् ।

कल्पवृक्ष विल्डर्सका सञ्चालक प्रकाश ढुंगाना, आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौली, केबीके कन्स्ट्रक्सनका सञ्चालक राहुलजंग कार्की, मान कन्स्ट्रक्सनका सञ्चालक नारायणप्रसाद सिटिखु, रेमिट इन्फास्ट्रक्चरका सञ्चालक इन्द्रबहादुर बोहोरा, एसके कन्स्ट्रक्सनका सञ्चालक शान्तकुमार श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ ।

दक्षिणकाली अल ओभरका सञ्चालक निरञ्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माणका प्रोक्युरमेन्ट ज्योति सुवेदी, चपुर निर्माण र कल्पवृक्षका सञ्चालक सरोज दाहाल र राइजिङ पिकका सञ्चालक सुजन अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट अनधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्रा अर्थात क्रिप्टो कारोबार समेत कसुर लगाइएको छ ।

सीआईबीले यो प्रकरणमा सुरुमा कम्युटर अपरेटर देउजालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।  सीआईबीले उनलाई २८ फागुनमा पक्राउ गरेको थियो । सुरुमा देउजालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अलिहेसम्म यो प्रकरणमा १३ जना छन् । बाँकीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको थियो । उजुरीमा ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने गरेको उल्लेख थिए । 

प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो संगठित अपराध रहेको खुलेपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो । कर्मचारी देउजाले बोलपत्रको अन्तिम समय सकिएपछि अनधिकृत रूपमा पहुँच पु‍र्‍याएर सबैको विवरण हेर्ने र आफ्नो बोलपत्र प्रस्ताव स्वीकृत गर्न संशोधन गरी सबैभन्दा कम मूल्य राख्ने र टेन्डर हात पार्ने गरेको अनुसन्धानबाट खुलेको छ । 

यो प्रकरणका यसका मुख्य नाइके देउजाले प्राग्रामिङ, क्लाउड सर्भर र पीएचपी प्रयोग गरी आईएमएस सर्भर ह्याक गर्ने र ब्याकडोर सिर्जना गर्ने मुख्य काम गरेको सीआईबीले बताएको छ । 

अर्का प्रतिवादी भाष्करराज अर्याल पनि कम्युटर इन्जिनियर रहेको र उनले बिटक्वाइनमार्फत कारोबारका लागि अमेरिकामा बसेका साथीमार्फत भुक्तानी गर्ने र नेपालमा नगदमा मिलान गर्ने गरेको सीआईबी अनुसन्धानमा खुलेको छ । 

देउजा यसअघि ३१ असार २०७७ पक्राउ परेका थिए । त्यतिबेला नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टम ह्याक गरी प्याकेज प्रयोग तथा बिक्री गरेर टेलिकमको राजस्व तथा व्यावसायिक छविमा गम्भीर क्षति पुर्‍याएको भन्दै देउजालाई सीआईबीले पक्राउ गरेको थियो ।

gauli 2.jpg

आशिष निर्माण सेवाका सञ्चालक निर्माण गौलीलाई उन्मुक्ति

प्रहरीसँगको बयानका क्रममा आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौलीले आफ्नो कार्यालयको कर्मचारी ज्योति सुवेदीले ठेक्काको सबै काम गर्ने बताएका छन् ।

सुवेदीलाई आफैले ठेक्का सबमिट गर्न निर्देशन दिएको बताउँदै बयानमा भनेका छन्–‘प्रस्ताव खोलिनु ४ दिन अगाडि मेरो आशिष निर्माण सेवा प्रालिको युजर आइडीबाट विद्युतीय खरिद प्रणालीमा अनाधिकृत पहुँच बनाई आर्थिक प्रस्तावको डकुमेन्ट प्रणालीमा परिवर्तन गरेको कसरी देखियो मलाई थाहा छैन ।’

गौलीले अनाधिकृत पहुँच पुर्याएको स्वीकार गरेकाले प्रहरीले ज्योती सुवेदीलाई फरार सूचीमा राखेको छ । तर, अनलाइन ह्याकिङ गरी ठेक्का हत्याउने योजनाकार आशिष निर्माण सेवाका सञ्चालक निर्माण गौलीलाई भने सीआईबीले जोगाएको छ ।

जवकी ऋषिकेश गौलीले छोरा आशिषले कम्पनीको सबै काम गर्दै आएको बयानका क्रममा बताएका छन् ।   

gauli.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077