Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्बौका सरकारी ठेक्का ह्याकिङ गरेर हत्याउने पाण्डे र गौलीसहित मुख्य नाइकेलाई संगठित अपराधमा उन्मुक्ति

अर्बौका सरकारी ठेक्का ह्याकिङ गरेर हत्याउने पाण्डे र गौलीसहित मुख्य नाइकेलाई संगठित अपराधमा उन्मुक्ति

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । सरकारी ठेक्काहरू ह्याक गरेर हत्याउने अपराधको मुद्दा फितलो बनाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मात्र नभई महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको पनि प्रत्यक्ष भूमिका देखिएको छ।

कँडेलकै निर्देशनमा ठुला ठेकदारविरुद्धको मुद्दा कमजोर बनाएर दायर गरिएको छ। ठेकेदारद्वय बिक्रम पाण्डे र ऋषिकेश गौलीको मुद्दा महान्यायाधिवक्ताकै निर्देशनमा कमजोर बनाइएको हो ।

सिआइबीले उनीहरूलाई पनि संगठित अपराधको कसुरमा अभियोजन गर्न राय दिएको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालयले बिद्युतीय कारोबार ऐनअनुसारको मात्र कसुर लगाएर उनीहरुलाई सहज बनाइदिएको छ ।

माथिबाट आदेश आएको छ भन्दै जिल्ला न्यायाधीवक्ता सोमकान्त भण्डारीले मुद्दा कमजोर बनाएको स्रोतको दाबी छ। यसबारेमा महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरु औपचारिक रुपमा बोल्न मान्दैनन् । 

स्रोतका अनुसार ठेकेदार पाण्डे र महान्यायाधिवक्ता कँडेलबीच पुरानै चिनजान छ। ठेकेदार  पाण्डेको छोरी र महान्यायाधिवक्ता कँडेल नातेदार हुन्।

सोही सम्बन्धका आधारमा पाण्डेलाई संगठित अपराध र क्रिप्टो कारोबारबाट उन्मुक्ति दिइएको छ । त्यस्तै, आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौलीले पनि सरकारी वकिल हुँदै महान्यायाधिवक्तासम्म  पहुँच पुर्‍याएर चलखेल गरेका छन् ।

यसमा गोलीका छोरा निर्माणले सेटिङ गरेको बताइएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भर नै ह्याक गरेर उनीहरूले ठेक्का हत्याएका थिए।

विदेशी ह्याकर प्रयोग गरी यस्तो धन्दा चल्दै आएको थियो । यती ठुलो संगठित अपराधको मुद्दा भने कमजोर बनेपछि प्रश्न उठिरहेको छ।  

२२ जना प्रतिवादीमध्ये दिवाकर देउजा, संजय भट्ट, भरत धामी, भाष्करराज अर्याल, सागर कटुवाल, जीवन कुमार दास, अनिल श्रेष्ठ र कृष्णकुमार खत्रीलाई मात्र संगठित अपराध र क्रिप्टो कारोबारको कसुर लगाइएको छ।

गत २५ बैशाखमा जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर भएकोमा बयान र थुनछेक सकिएको छैन ।

त्यसो त यस प्रकरणमा सिआइबीकै अनुसन्धान पनि फितलो देखिएको छ । आशिष निर्माण सेवाका अध्यक्ष  गौलीको हकमा उनका छोरा निर्माणलाई समेत जोगाइएको छ। जबकी पछिल्लो समय कम्पनीको कारोबार उनैले हेर्दै आएका थिए। 

अध्यक्ष गौली पनि पक्राउ पर्ने भएपछि फ्रन्टलाइन अस्पताल भर्ना भएर बसेका थिए। जसकारण केही दिन मात्र उनी हिरासतमा बसे। उनका कर्मचारी ज्योती सुवेदी यस्तो ह्याकिङमा माष्टरमाइन्ड हुन्। प्रहरीले पक्राउ गर्न नसक्दा  क्रिप्टोकारोबारको तथ्याङक मेटाउन उनी सफल भएका छन्।

ह्याकिङ गरेर केयुकेएलको ठेक्का हत्याएको आशिष निर्माण सेवाका कर्मचारी सुवेदीले नै ह्याकरसँग सेटिङ मिलाउँदै आएका थिए । उनलाई प्रहरीले पक्राउ गर्न चासो दिएन।

त्यसले पनि उनीविरुद्धको मुद्दा कमजोर बन्यो। सार्वजनिक खरिद अनुगमनको कार्यालयले ३१३ ठेक्का ह्याकिङ भएको भनेर सूचना दिएपछि एक दर्जन ठेक्काको मात्र अनुसन्धान भएको छ। जसकारण दर्जनौं ठुला ठेकेदार जोगिएका छन् ।    

प्राविधिक रुपमा पनि यस प्रकरणमा प्रहरीको अनुसन्धान कमजोर देखिएको छ। ह्याकर को हो, त्यसले कति क्षति भयो जस्ता विवरण समेत अभियोगमा खुलाइएको छैन । 

यस प्रकरणमा मुछिएका ठेकदारहरू संगठित भएर सिआइबीदेखि महान्यायाधिवक्ता कार्यालयसम्म प्रभाव पारेको स्रोत बताउँछ। यसमा आर्थिक चलखेलको चर्चा पनि निर्माण व्यवसायीमा छ।

तुँदी कन्स्ट्रक्सनको कारोबार पनि शंकास्पद देखिएकोमा त्यसका संचालक सुमन सुबेदीमाथि दोश्रो चरणको अनुसन्धान गर्ने सिआइबीको तयारी छ।

प्रहरी कारवाहीबाट जोगिएका आशिष निर्माण सेवाका निर्माण र सुबेदीले बाहिर बसेर सेटिङ गरिरहेको सूचना प्रधानमन्त्री कार्यालय सम्म पुगिसकेको वताइएको छ। कालिकाका निकोलश पाण्डे पनि सिआईबीको निगरानीमा रहेको स्रोत बताउँछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077