Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ई–बिडिङ ठेक्का ह्याकिङमा थप दुइ जना पक्राउ, गौली अझै फरार

ई–बिडिङ ठेक्का ह्याकिङमा थप दुइ जना पक्राउ, गौली अझै फरार

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले  ई–बिडिङको सिस्टम ह्याक प्रकरणमा थप दुइ जनालाई पक्राउ गरेको छ । थप दुई जना पक्राउ परेसँगै ई–बिडिङ ठेक्का हकिङ प्रकक्रणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ । 

पक्राउ पर्नेमा सिराहा घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय स्वदेश पोखरेल र नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय प्रकाश ढुंगाना छन्।

सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–गभर्न्मेन्टव प्रोक्र्युर्मेन्ट (ई–जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । 

नेपाल प्रहरी साइबर ब्यूरोमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको थियो।


त्यही क्रममा काठमाडौं जिल्ला अदालत बाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले दुईजना अभियुक्तलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ । 

पक्राउ परेका पोखरेल ईन्कोन प्रालिका शेयरधनी तथा लेखापाल हुन् भने ढुंगाना कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक छन्।

प्रहरीका अनुसार उनीहरूमाथि ई–बिडिङमा पहुँच पुर्‍याई विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोलिनुअघि नै सम्बन्धित कागजातमा हेरफेर गरेको आरोप छ।

दुवै जनालाई काठमाडौंका पेप्सीकोला र बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो। हाल उनीहरूमाथि संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले यस प्रकरणमा अन्य संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ। 

यही प्रकरणमा राप्रपा नेता एवम् कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेसहित १० जना पक्राउ परिसकेका छन् ।

गिरोहका मुख्य व्यक्ति मानिएका आशिष निर्माण सेवाका ऋषिकेश गौलीलाई पक्राउ पुर्जी जारी गरे पनि  सीआइबीले अझै पक्राउ गर्न सकेको छैन । उनका छोरा निर्माण गौली फरार छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १० अर्बको ५ वटा प्याकेजमध्ये ३ वटा ठेक्का ह्याकरको मद्दत लिएर सिष्टममा अनधिकृत पहुँच पुर्याइ लिएको पाइएपछि आशिष निर्माण सेवाका संचालकद्वय ऋषिकेश गौली र निर्माण गौली अनुसन्धानमा तानिएका हुन् । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ५ वटै प्याकेजका बोलपत्रमा सीआईबीले अनुसन्धान गरिरहेको छ । खानेपानीका २ वटा प्याकेजको ठेक्का पाएको भिमेश्वर ग्रुपका बारेमा पनि अनुसन्धान भइरहेको सीआईबी स्रोत बताउँछ । 

तुँदी कन्ट्रक्सनका सुमन सुवेदी, समानान्तरका अच्यूतप्रसाद खरेल, रेलिगेयरका संचालक शेरबहादुर केसीलगायत पनि ह्याकिङ गरेर ठेक्का लिएकोमा अनुसन्धानमा तानिएका छन्। यस प्रकरणमा एक दर्जन भन्दा बढी ठेकेदारहरू सीआइबीको अनुसन्धानमा छन्।

ebiding.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077