Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

ठेक्का प्रणालीमा ह्याकिङः पाण्डेसँगै ठेकेदार बोहरा पनि पक्राउ

ठेक्का प्रणालीमा ह्याकिङः पाण्डेसँगै ठेकेदार बोहरा पनि पक्राउ

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । अनलाइन बोलपत्र प्रणाली ह्याकिङमा संलग्न रहेको आरोपमा एकै दिन तीन जना ठेकेदार पक्राउ परेका छन्। पूर्वमन्त्री समेत बिक्रम पाण्डेसहित तीन जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) शुक्रबार पक्राउ गरेको हो। 

पक्राउ पर्ने अन्यमा भिषण कन्ट्रक्सनका सञ्चालक टंक कुमार श्रेष्ठ र चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा छन्। 

सार्वजनिक खरिद अनुगमन प्रणालीको अनलाइन प्रणाली नै ह्याक गरेर उनीहरुले ठेक्का हात पार्दै आएका थिए। यस प्रकरणमा हालसम्म १० जनालाई पक्राउ परिसकेका छन्।

गिरोहका मुख्य व्यक्ति मानिएका आशिष निर्माण सेवाका ऋषिकेश गौलीलाई पक्राउ पुर्जी जारी गरे पनि  सीआइबीले अझै पक्राउ गर्न सकेको छैन । उनका छोरा निर्माण गौली फरार छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १० अर्बको ५ वटा प्याकेजमध्ये ३ वटा ठेक्का ह्याकरको मद्दत लिएर सिष्टममा अनधिकृत पहुँच पुर्याइ लिएको पाइएपछि आशिष निर्माण सेवाका संचालकद्वय ऋषिकेश गौली र निर्माण गौली अनुसन्धानमा तानिएका हुन् । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ५ वटै प्याकेजका बोलपत्रमा सीआईबीले अनुसन्धान गरिरहेको छ । खानेपानीका २ वटा प्याकेजको ठेक्का पाएको भिमेश्वर ग्रुपका बारेमा पनि अनुसन्धान भइरहेको सीआईबी स्रोत बताउँछ । 

तुँदी कन्ट्रक्सनका सुमन सुवेदी, समानान्तरका अच्यूतप्रसाद खरेल, रेलिगेयरका संचालक शेरबहादुर केसीलगायत पनि ह्याकिङ गरेर ठेक्का लिएकोमा अनुसन्धानमा तानिएका छन्। यस प्रकरणमा एक दर्जन भन्दा बढी ठेकेदारहरू सीआइबीको अनुसन्धानमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077