Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानले के पठायो अमेरिकालाई शान्ति प्रस्तावको जवाफ ?

इरानले के पठायो अमेरिकालाई शान्ति प्रस्तावको जवाफ ?

सोमवार , बैशाख २८, २०८३

एजेन्सी । इरानले अमेरिकाले पठाएको पछिल्लो शान्ति प्रस्तावको औपचारिक जवाफ दिएको छ ।

अमेरिकासँग बढ्दो तनावका बीच आइतबार तेहरानले आफ्नो प्रतिक्रिया पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाएको सरकारी सञ्चारमाध्यम आईआरआईबीले जनाएको छ ।

शनिबार राति इरानी ड्रोनहरूले खाडी क्षेत्रका विभिन्न लक्ष्यमा आक्रमण गर्न सक्ने चेतावनी सार्वजनिक भएपछि यो कदम आएको हो। शान्ति वार्ता जारी रहे पनि तेहरानले कुनै पनि नयाँ अमेरिकी आक्रमणको कडा प्रतिकार गर्ने स्पष्ट सन्देश दिएको छ।

इरानको जवाफमा विशेष रूपमा उसमाथि तथा उसका सहयोगी समूहहरूमाथि हुने आक्रमण रोक्नुपर्ने माग गरिएको बताइएको छ।

साथै लेबनानमा जारी युद्ध अन्त्य गर्न र खाडी क्षेत्रमा ‘ढुवानी सुरक्षाको सुनिश्चितता’ गर्नुपर्ने विषयलाई प्राथमिकतासाथ उठाइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसम्म इरानबाट जवाफ आउने अपेक्षा गरिएको बताएका थिए। तर प्रतिक्रिया आउन ढिलाइ हुँदा युद्धविरामको प्रयासबीच पनि खाडी क्षेत्रमा तनाव थप बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077