Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्यालको वरिपरी रहेर रजगज गर्ने यी प्रहरीहरुलाई के गर्लान् सशस्त्रका आईजीपी पौडेलले ?

अर्यालको वरिपरी रहेर रजगज गर्ने यी प्रहरीहरुलाई के गर्लान् सशस्त्रका आईजीपी पौडेलले ?

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । राजु अर्याल ४ वर्षे सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) को कार्यकाल पूरा गरी बैशाख १८ गतेदेखि अवकाशमा गएका छन् ।

सशस्त्र प्रहरीको प्रमुखको रुपमा अर्याल पूर्ववर्ती शैलेन्द्र खनालजस्तो खरिद लगायतका सरुवा बढुवाजस्ता बिषयमा विवादमा परेनन् । तर उनले सचिवालय, निवासदेखि बिभिन्न महत्वपूर्ण ठाउँमा राखेकाहरुले भने उनलाई समेत विवादमा पार्ने र ब्यक्तिगत लाभ लिने काम गर्न पछि परेनन् ।

यसरी अर्यालको वरिपरि रहेर सशस्त्र प्रहरीमा रजगज गर्नेहरुमा भर्खरै एसएसपीबाट डीआईजी बढुवा भएका किरण बस्नेत, उजुरी छानबिन र अनुगमन शाखाका डीएसपी सुदीप रेग्मी, गतिबिधि शाखाका डीएसपी शैलेन्द्र थापा, अर्यालका बडीगार्ड डीएसपी सुरज पौडेल, कर्मचारी प्रशासन शाखाका डीएसपी नन्द साउद, कार्यदलका एसपी सुरेश गैरे हुन् । 

त्यसो त सशस्त्र मुख्यालयका एसपी देवीराम अर्याल र निवासमा बस्ने अर्यालका विश्वासपात्र सई गजेन्द्र केसीले पनि ४ बर्षे अर्यालको कार्यकालमा रजगज गर्ने मौका पाएको छ । 

नवनियुक्त आईजीपी नारायणदत्त पौडेलले कार्यकाल सम्हालेको १० दिनसम्म पनि अर्यालका वरिपरि रहेर ब्यक्तिगत लाभ लिन पल्किएको समूहका २ सदस्य बाहेक अरुलाई अहिलेसम्म पनि यथावत नै राखिएको छ ।

इलाम र जुम्लामा दरबन्दी राखी अर्यालको कार्यकालभर सशस्त्र मुख्यालयमा रजाई गरेकाहरुलाई नवनियुक्त आईजीपी पौडेलले कहिले पठाउँछन् रु भन्ने प्रश्न पनि उठेको छ । 

अर्यालको कार्यकालमा रजगज गर्ने यो समूहका सुदीप रेग्मीको स्थानमा नयाँ आईजीपी पौडेलले एसपी राधेश्याम धिताललाई ल्याइसकेका छन् । सई गजेन्द्र केसीलाई निवासबाट आईजीपी पौडेलले अन्यत्र पठाइसकेका छन् भने अरुलाई अझै पनि यथावत नै राखिएको छ । 

अर्यालको चार बर्षे कार्यकालभर सशस्त्र प्रहरीको उजुरी छानबिन र अनुगमन शाखामा बसी कुस्त लाभ लिने र आफूनिकटस्थहरुलाई पनि लाभ पुर्याउने डीएसपी सुदीप रेग्मी रहेको स्रोत बताउँछ । गतिबिधि शाखामा बस्ने र चाकडी गर्नेबाहेक कुनै क्षमता नभएका शैलेन्द्र थापा सशस्त्र प्रहरी निरीक्षकमा १२८ औं वरियतामा थिए ।

तर गतिबिधि शाखामा बसेर चाकडी गरेकै भरमा ४० औं नम्बरमा उक्लिन सफल भएको चर्चा उनका ब्याचीहरुमै हुने गरेको छ । उनको समूहमा इन्स्पेक्टरमा १३० जना भर्ना भएका थिए ।

उनको ४ महिनाअघि नै इलामको पशुपतिनगरमा सरुवा भए पनि अहिलेसम्म पनि हाजिर हुन नगई मुख्यालयमै चाकडीमा लिप्त भएर बसेका छन् ।  

बाँदरले मालिकको नाकमा बसेको झिंगा धपाउन खुकुरीले नाकै काटेजस्तै राजु अर्यालको चाकडी गर्ने नाममा मिडियालाई ‘झोले पत्रकार’ भनेर सामाजिक संजालमै गाली गर्ने काम समेत उनले गरेका थिए ।

jhjk.jpg

चाकडी गर्ने र मालिक रिझाएर अब्बल अधिकृतलाई पछि पार्दै बढुवामा माथि आउन सफल भएपछि पुनः नयाँ आईजीपीको कार्यकालमा पनि गतिबिधि शाखामै टिक्न लागिरहेका छन् । 

अर्यालको कार्यकालमा लाभ लिनेमा पर्दछन् उनका बडीगार्ड डीएसपी सुरज पौडेल । अनुगमनका डीएसपी सुदीप रेग्मीको भान्जा भएकाले पौडेललाई उनकै जोडबलमा बडीगार्डमा लगिएको थियो ।

सगरमाथा आरोहण गरी सशस्त्रको नाम राखेको भनेर मामा रेग्मीकै डिजाइनमा उनलाई फाष्टट्रयाकमा डीएसपी बढुवा गरिएको थियो । ४ बर्षसम्म सशस्त्रमा रजगज गरेका पौडेलेले सशस्त्रमा आर्जन गरेको सम्पत्तिबाट किनेको जग्गा र बिभिन्न सम्पत्ति खतिवडा थरका हवल्दारको नाममा राखेको आरोप छ । 

४ बर्ष कर्मचारी प्रशासन शाखामा कार्यरत डीएसपी नन्द साउदको दरबन्दी जुम्ला हो । तर उनी जुम्लामा हाजिर हुन नगई सशस्त्र मुख्यालयमा सरुवामा ४ बर्षदेखि लाभ लिइरहन सफल छन् ।

जुम्लामा इन्चार्जको दरबन्दी राखी साउद मुख्यालयको कर्मचारी प्रशासनमा लाभ लिनेमा पर्दछन् । सशस्त्रका पूर्वएसपी पूर्ण साउदका आफन्त हुन् नन्द साउद । सशस्त्रको प्रबन्धदेखि ३० नम्बर गण सिनामंगल जस्ता आकर्षक पोष्टिङ पाउने पूर्ण साउदकै सिफारिसमा नन्द साउदलाई कर्मचारी प्रशासनमा राखिएको थियो ।  

अर्यालको कार्यकालमा एसएसपी किरण बस्नेत (हाल डीआईजी बढुवा) सुदीप रेग्मी र सुरज पौडेलसँग मिलेर २ बर्षदेखि सचिवालयमा सेटिङ गर्दै आएका थिए । सनत बस्नेतको आफ्नै भतिजो भएकाले अर्यालले उनलाई सचिवालयमा राखेका थिए ।

अर्यालका विश्वासपात्र सई गजेन्द्र केसी निवासमा ४ बर्ष बसे । अर्याल मधेशमा डीआईजी हुँदा पनि बडीगार्ड थिए केसी । उपत्यकाको बाहिनीपति हुँदा पनि सँगै थिए । 

कार्यदलका एसपी सुरेश गैरे विगतमा शैलेन्द्र खनाल आईजीपी हुँदा पनि अकूत लाभ लिनेमा पर्दछन् । खनाल अवकाश हुने बेलामा उनका बिरुद्ध कुरा लगाएर अर्यालका निकट भएका थिए ।

गैरेले पनि चाकडीकै भरमा कार्यदल पाएका छन् । ६ सय २५ सशस्त्र  प्रहरीको दरबन्दी भएको कार्यदलमा जम्मा ९० जना मात्र राखी सबै बिदा छोडेर रासन घोटाला गर्ने गरेको आरोप गैरेमाथि लाग्ने गरेको छ ।

सचिवालयकै एसपी देवराज अर्याल राजुको कार्यकालभर सधैं आकर्षक ठाउँ पाउनेमा पर्दछन् । सचिवालयमै रहेका डीएसपी वीरेन्द्र राउत पनि अर्यालको कार्यकारभर पीए शाखाको हर्ताकर्ता थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077