Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्र प्रहरीको टोलीद्वारा चुलु फार इस्ट हिमालको सफल आरोहण

सशस्त्र प्रहरीको टोलीद्वारा चुलु फार इस्ट हिमालको सफल आरोहण

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालित उच्च भूभाग खोज तथा उद्धार तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरूले ६ हजार ३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका छन् ।

तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको नेतृत्वमा चार जना प्रशिक्षकसहित १८ प्रशिक्षार्थीले हिमाल आरोहण सम्पन्न गरेका हुन् ।

टोलीले दुई जना शेर्पा गाइडको सहयोगमा वैशाख २९ गते बिहान ६ः४५ बजे हिमालको चुचुरोमा पुगेर सफल आरोहण गरेको सशस्त्र प्रहरीले जनाएको छ।

उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धार क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिमअन्तर्गत उक्त आरोहण गरिएको हो। सहभागीहरूले प्रतिकूल मौसम, कठिन भूगोल र हिमाली चुनौतीबीच साहसिक रूपमा आरोहण पूरा गरेका थिए।

टोली वैशाख २७ गते मनाङको ङिस्याङ गाउँपालिका–३ स्थित चुलु क्षेत्रबाट प्रस्थान गरेको थियो। वैशाख २८ गते राति ११ बजेदेखि हिमाल आरोहण सुरु गरिएको र करिब आठ घण्टाको कठिन यात्रापछि टोली सफलतापूर्वक चुचुरोमा पुगेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077