Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ४६ जना एसपीको सरुवा, को-कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका ४६ जना एसपीको सरुवा, को-कहाँ ? [सूचीसहित]

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शुक्रबार ४६ जना एसपीहरूको सरुवा तथा काजको निर्णय गरेका हुन् ।

सरुवासँगै देशका विभिन्न जिल्लामा नयाँ प्रहरी नेतृत्व पुगेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार तथा कञ्चनपुरमा नेत्रमणि गिरीलाई जिल्ला प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै, फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ भने गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा मनोहरप्रसाद भट्ट र स्याङ्जामा रंजितसिंह राठौरलाई सरुवा गरिएको छ ।

काभ्रेपलाञ्चोकमा रबिन कार्की, सिन्धुलीमा रबिन्द्रबहादुर सिंह तथा सर्लाहीमा रबिन्द्रनाथ पौडेललाई जिम्मेवारी दिइएको छ । पश्चिम नवलपरासीमा रामबहादुर केसीलाई पठाइएको छ ।

त्यसैगरी महोत्तरीको प्रहरी प्रमुखमा श्यामकुमार सारुमगर, डोटीमा सागर बोहरा तथा चितवनमा रामेश्वर पौडेललाई सरुवा गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077