Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर्न माग गर्दै सांसद साहले भने- आयोग नै चोख्याउन लागिपरेको आशंका छ

पूर्व गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर्न माग गर्दै सांसद साहले भने- आयोग नै चोख्याउन लागिपरेको आशंका छ

सोमवार , जेठ ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन गठित आयोगको गतिविधिमाथि निगरानीको माग राखेका छन् । 

गठित आयोगप्रतिको आशंकामा प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले उक्त आयोगमाथि निगरानीको माग राखेका हुन् ।

'आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन गरियोस्,' सांसद साहले भने।

पूर्व गृहमन्त्रीलाई चोख्याउनेगरी गतिविधि भइरहेको शंका पनि साहले गरेका छन् ।

'संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिरहेको जनस्तरमा आशंका र चर्चा छ,' साहले थप भने।

सांसद साहले छानबिन प्रक्रियाबारे जनस्तरमा विभिन्न आशंका र टिप्पणी उठिरहेको उल्लेख गर्दै आयोगले कसैलाई उन्मुक्ति दिने वा संरक्षण गर्ने ढंगले काम गर्न नहुने धारणा राखेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077