Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस, डीआईजी–एसएसपीमा कसले मार्‍यो बाजी ?

सशस्त्रका डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस, डीआईजी–एसएसपीमा कसले मार्‍यो बाजी ?

बुधवार , जेठ ६, २०८३

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका डीआईजी अन्जनी कुमार पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरी बलमा दुईजना एआईजी दरबन्दी छ । त्यसमध्ये एक दरबन्दी रिक्त छ ।

उक्त रिक्त दरबन्दीमा पोखरेललाई सिफारिस गरिएको हो । पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन्। नारायणदत्त पौडेल आईजीपी  बनेपछि सशस्त्रमा एआईजी पद रिक्त भएको थियो ।

यस्तै एसएसपी राजेन्द्र खड्का डीआईजीमा बढुवा सिफारिस गरिएको छ । यसैगरी एसपी संजय भट्टराईलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।

साथै कानुनतर्फ एसएसपी युवराज अर्यालयलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । एआईजी बढुवा उपर चित्त नबुझेमा सात दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077