Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपा बारा विस्तारित बैठकमा कुटाकुट, दुई नगर सभापतिसहित तीनजना घाइते

रास्वपा बारा विस्तारित बैठकमा कुटाकुट, दुई नगर सभापतिसहित तीनजना घाइते

शनिवार , जेठ ९, २०८३

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठक शनिबार कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दुई पक्षबीच भएको विवाद कुटाकुटमा परिणत हुँदा दुई नगर सभापतिसहित तीनजना घाइते भएका छन् ।

घटनामा महागढीमाई नगर सभापति बिक्रम यादव, सिम्रौनगढ नगर सभापति साहेब अन्सारीसहित तीन जना घाइते भएका छन् । उनीहरूको हाल कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

बैठकमा सांसद र पुराना कार्यकर्ताबीच टिकट वितरण, संगठन विस्तार र पार्टी नेतृत्वसँग सम्बन्धित विषयलाई लिएर चर्को विवाद उत्पन्न भएको थियो। विवाद चर्किँदै जाँदा स्थिति नियन्त्रणबाहिर पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घाइते सभापति यादवले सांसदहरूले बाहिरबाट मानिस ल्याएर आफूहरूमाथि कुटपिट गराएको गम्भीर आरोप लगाएका छन्। 

यता, असन्तुष्ट पक्षले बैठकमा बाहिरबाट मानिसहरू ल्याएर पुराना कार्यकर्तामाथि दबाब र दमन गर्न खोजिएको आरोप लगाएको छ। 

तनाव बढेपछि सुरक्षाकर्मीले रास्वपा बारा क्षेत्र नम्बर–१ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर–२ का सांसद चन्दन सिंह, क्षेत्र नम्बर–३ का सांसद अरविन्द साह, क्षेत्र नम्बर–४ का सांसद रहबर अन्सारी तथा केन्द्रीय प्रतिनिधि कामनी चौधरीलाई सुरक्षा घेरामा राखेर बाहिर निकालेका थिए।

यसैबीच, बैठकपछि सांसदहरू गणेश धिमाल, चन्दन सिंह र अरविन्द साहले कलैयाको बरेवा दरबार होटलमा पत्रकार सम्मेलन गर्दै घटनालाई असत्य र अतिरञ्जित भन्दै खण्डन गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077