Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यी ११ प्रहरीलाई सेवाबाट हटाउने हेडक्वार्टरको चेतावनी

यी ११ प्रहरीलाई सेवाबाट हटाउने हेडक्वार्टरको चेतावनी

सोमवार , जेठ ११, २०८३

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी कर्मचारी गत चैत महिनादेखि आफूखुशी गैरहाजिर रहेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर कर्मचारीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

गैरहाजिर हुने प्रहरीहरूमा प्रहरी सहायक हवलदार राम सकल रावत, ओमबहादुर चौधरी थारू, नरजंग वली छन् ।

त्यस्तै प्रहरी जवान पुनम चन्द, हरी भुल, केशर कुँवर, सन्दीप कार्की, नवीन कोइराला, राहुलकुमार साह, राजकुमार गुरूङ र प्रहरी कार्यालय सहयोगी विशाल कुँवर छन् ।

उनीहरू गत चैतको विभिन्न मितिदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरुको खोजतलास गराउँदा तथा प्रहरी नियमावली बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्ष्टीकरण सहित हाजिर हुन कार्यालयले निर्देशन दिएको छ। अन्यथा प्रहरी नियमावलीअनसार सेवाबाट हटाइने चेतावनी कार्यालयले दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077