Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा सेना मूकदर्शक बनेको भन्दै प्रधानसेनापतिलाई सचेत गराउन आयोगको सिफारिस

जेनजी आन्दोलनमा सेना मूकदर्शक बनेको भन्दै प्रधानसेनापतिलाई सचेत गराउन आयोगको सिफारिस

बुधवार , जेठ १३, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ ।

बुधबार कार्यान्वयनका लागि सिफारिस गरेको प्रतिवेदनमा आयोगले जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको पनि कमजोरी रहेको किटान गरेको छ ।

आयोगको संक्षिप्त प्रतिवेदनमा ‘भाद्र २४ गते आन्दोलनकारीले संघीय संसद् भवन, सिंहदरबार, र राष्ट्रपति निवास जस्ता संवेदनशील क्षेत्रमा तोडफोड र आगजनी गर्दा समेत त्यहाँ सुरक्षाका लागि खटिएको सेनाले रोक्न कुनै प्रयास नगरेको र ‘मूकदर्शक’ बनेको उल्लेख छ।

भविष्यमा यस्ता घटनाहरूमा गम्भीर हुन र राष्ट्रिय सम्पत्तिको रक्षाका साथै मानव अधिकारलाई प्राथमिकता दिन प्रधान सेनापतिलाई निर्देशन दिन प्रतिवेदनमा सिफारिस गरिएको छ। सिंहदरबार र शीतल निवासको सुरक्षामा खटिएका सेनाको गणका तत्कालीन प्रमुख कमान्डरहरूलाई सचेत गराउन सरकारलाई सिफारिस गरिएको छ।

साथै आन्तरिक हुलदङ्गा र हिंसात्मक आन्दोलनहरूमा सेनाको प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा स्पष्ट कानुनी र नीतिगत व्यवस्था अवलम्बन गर्न सरकारलाई आयोगले सुझाव दिइएको छ।

'अनुसन्धानका क्रममा संकलित मिसिल संलग्न सबुत प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा माथि उल्लेखित २३ र २४ गतेको प्रदर्शनमा सिंहदरबार सर्वोच्च अदालत, राष्ट्रपति भवन समेतमा लोडसेड तथा आगजनी गरी देशैभरि जुन प्रकारको मानवीय भौतिक तथा आर्थिक क्षति भएको छ सो हुनुमा नेपाली सेनाको पनि कमजोरीहरू देखिएको,' आयोगको प्रतिवेदनमा भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077