Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका एसपी सिंह एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका एसपी सिंह एसएसपीमा बढुवा सिफारिस

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंह एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको छ ।

उनी जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत रहेका छन् । त्यसैगरी, प्राविधिक समूहतर्फ स्वास्थ्य उपसमूह (चिकित्सक) बाट नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. सेवक श्रेष्ठलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

यस्तै, इन्जिनियरिङ उपसमूह (सूचना प्रविधि) तर्फबाट सरोज शाक्य र मनिषराज सापकोटालाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077