Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसियन गेम्स: इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य

एसियन गेम्स: इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य

बिहिवार , जेठ १४, २०८३

काठमाडौं। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत इन्डोनेसियासँगको खेल जित्न नेपालले ११४ रनको लक्ष्य पाएको छ।

एसियन गेम्स छनोट अन्तर्गत मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको हो।

इन्डोनेसियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् । उनले ६२ बलमा तीन चौका प्रहार गरिन्। नी लुह देवीले २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन जोडे।

तेस्रो विकेटका निम्ति सकरिनी र देवीले ६५ रनको साझेदारी गरेका थिए।

नेपालकी मनीषा उपाध्यायले दुई विकेट लिइन् । रीया शर्माका नाममा एक विकेट रह्यो। 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो । आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्ने छ ।

एसिया छनोटमा नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । समूहका शीर्ष दुई टोली छनोटको सेमिफाइनल पुग्ने छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077