Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकपको मुखमा कोलकातामा रहेको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाईंदै

विश्वकपको मुखमा कोलकातामा रहेको मेस्सीको ७० फिट अग्लो मूर्ति हटाईंदै

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । भारतको पश्चिम बंगाल राज्यस्थित कोलकातामा निर्माण गरिएको अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीको ७० फिट अग्लो मूर्ति सुरक्षा चिन्ताका कारण हटाइने भएको छ ।

मेस्सीले विश्वकप ट्रफी उचालेको दृश्य समेटिएको उक्त मूर्ति अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप जितेको सम्झनामा निर्माण गरिएको थियो ।

गत वर्ष डिसेम्बरमा मेस्सी आफ्नो ‘गोट टुर’ अन्तर्गत लुइस स्वारेज र रोड्रिगो डी पाउलसँग भारत भ्रमणमा आएका बेला मूर्ति निर्माण गरिएको थियो ।

स्थानीय बासिन्दाले सोमबार मूर्ति हावामा हल्लिएको देखेपछि सार्वजनिक निर्माण विभागमा गुनासो गरेका थिए । त्यसपछि गरिएको निरीक्षणमा मूर्तिको संरचनात्मक अवस्था कमजोर रहेको निष्कर्ष निकालिएको अधिकारीहरूले बताएका छन् ।

पश्चिम बंगालका विधायक शरद्वत मुखर्जीले मूर्ति सुरक्षित नदेखिएको उल्लेख गर्दै हावामा हल्लिएको अवस्था भेटिएकाले हटाउने निर्णय गरिएको बताएका छन् ।

२७ दिन लगाएर निर्माण गरिएको उक्त मूर्ति फुटबल खेलाडीको सबैभन्दा अग्ला मूर्तिमध्ये एक मानिएको थियो । अहिले अधिकारीहरूले मूर्तिलाई पुनःस्थापना गर्न उपयुक्त वैकल्पिक स्थान खोजिरहेका छन् ।


विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ ।

२३औं संस्करणको विश्वकप सुरु हुन अब दुई साता पनि बाँकी छैन । त्यसैले पनि अहिले फुटबल समर्थकहरूको ध्यान फिफा विश्वकपतर्फ पनि केन्द्रित छ ।

विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै ठूलो विश्वकपको रहेको यस संस्करणको धेरै विशेषताहरू छन् ।

पहिलो पटक विश्वकप तीन फरक राष्ट्रले आयोजना गर्दैछ भने अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप खेल्दैछ । यस्तै विश्वकप चल्ने दिन पनि बढेर ३९ दिन पुग्दा खेल संख्या १०४ पुगेको छ । विश्वकपको एकै संस्करणमा यो अहिलेसम्मको धेरै खेल हो ।

यस्तै अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ गरी कूल १६ शहरमा विश्वकपका खेलहरू खेलाइनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077