Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभापति रविको अध्यक्षतामा रास्वपाको महाधिवेशन तयारी मूल आयोजक समिति गठन

सभापति रविको अध्यक्षतामा रास्वपाको महाधिवेशन तयारी मूल आयोजक समिति गठन

आइतवार , जेठ १७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।

पार्टीले आगामी असार ७, ८ र ९ गते चितवनमा प्रथम महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र भव्य बनाउन मूल आयोजक समिति गठन गरिएको रास्वपाले जनाएको छ।

गठित समितिको संयोजकत्व सभापति लामिछानेले गरेका छन् भने केन्द्रीय तहका शीर्ष नेताहरू तथा प्रदेश सभापतिहरूलाई सदस्यका रूपमा समेटिएको छ।

समितिमा उपसभापति डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी र बसुमाया तामाङ लगायतका नेताहरू सदस्य रहेका छन्।

त्यसैगरी मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली र सागर ढकाल पनि मूल आयोजक समितिमा सदस्यका रूपमा रहेका छन्।

रास्वपाले पार्टीका सबै केन्द्रीय समिति सदस्य र सातै प्रदेशका प्रदेश सभापतिहरूलाई समेत महाधिवेशन मूल आयोजक समितिमा समावेश गरेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077