Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएलगत्तै उनले राष्ट्रिय टोलीबाट आफ्नो १६ वर्ष लामो यात्रा टुंग्याउने निर्णय गरेका हुन्।

अमेरिकाको न्युजर्सीस्थित रंगशालामा भएको खेलमा ब्राजिलका लागि नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल गरेका थिए। तर उनको गोलले टोलीलाई हारबाट जोगाउन सकेन र पाँच पटकको विश्वविजेता ब्राजिलको विश्वकप यात्रा अन्तिम–१६ मै समाप्त भयो।

विश्वकपबाट बाहिरिएपछि भावुक बनेका ३४ वर्षीय नेयमारले आफ्नो अन्तर्राष्ट्रिय करिअर समाप्त भएको घोषणा गर्दै भने, “मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। मेरो यात्रा यही रंगशालाबाट सुरु भएको थियो र यहीँ आएर अन्त्य भयो। अब सबै सकियो।”

नेयमारले आफ्नो करिअरमा चार वटा फिफा विश्वकप खेले । जारी विश्वकपमा भने पूर्ण रूपमा फिट नभएका कारण उनले दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा अवसर पाए ।

समूह चरणमा स्कटल्यान्डविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका उनी अन्तिम–१६ मा नर्वेविरुद्ध पेनाल्टीमार्फत प्रतियोगितामा आफ्नो एक मात्र गोल गर्न सफल भएका थिए।

सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यु गरेका नेयमार राष्ट्रिय टोलीका इतिहासकै सर्वाधिक गोलकर्ता हुन्। उनले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गर्दै ब्राजिलियन फुटबलमा अविस्मरणीय छाप छाडेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077