Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर पुर्पक्षका लागि जेल चलान

प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर पुर्पक्षका लागि जेल चलान

मंगलवार , आषाढ २३, २०८३

पाँचथर । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेका एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह तथा उनको परिवारलाई लक्षित गरेर फेसबुक, टिकटक र इन्स्टाग्रामको दुरुपयोग गरी अपमानजनक र अमर्यादित सामग्री पोस्ट गरेको आरोपमा पक्राउ परेका रोशन पोख्रेललाई पाँचथर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रधानमन्त्रीविरुद्ध अश्लील सामग्री प्रसारण गरेको आरोपमा पाँचथर फाल्गुनन्द गाउँपालिका-७ दोबाटेका युट्युबर पोखरेल गत चैत २६ गते पक्राउ परेका थिए ।

त्यसपछि पोखरेल विरुद्ध केही दिनअघि पाँचथर जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको थियो। 

युट्युबमा गालीगलौजयुक्त सामग्री प्रसारण गरेकै आरोपमा पक्राउ गरेको भन्दै देशभर  सरकारविरुद्ध चर्को आलोचना भएपछि बीच प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो ।

त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले गत असार १८ गते तत्काल पुर्पक्षको लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

'हदेस जङ्गल' नामक फेसबुक, टिकटक र इन्स्टाग्राम आइडी प्रयोग गरी प्रधानमन्त्री र उनको परिवारको मान–सम्मान तथा प्रतिष्ठामा आँच आउने गरी विभिन्न भिडियो, स्ट्याटस र अमर्यादित शब्दहरू पोस्ट गरिएको मिसिलबाट देखिएको अदालतको ठहर छ ।

अदालत स्रोतका अनुसार, बयानका क्रममा पोखरेलले आफूले कसैलाई मनसायपूर्वक हानि–नोक्सानी पुर्‍याउने उद्देश्यले नभई सामाजिक सञ्जालमा लाइक, कमेन्ट र भ्युज बढाउनका लागि मात्र त्यस्ता भिडियो र स्ट्याटसहरू सेयर गरेको स्वीकार गरेका छन्।

यद्यपि, बरामद भएका डिजिटल प्रमाण, सामाजिक सञ्जालका सामग्री र घटना विवरण कागज गर्ने व्यक्तिहरूको भनाइका आधारमा पोखरेललाई हालकै अवस्थामा निर्दोष रहेछन् भनी भन्न नसकिने अदालतको ठहर छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077