Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

सुदूरपश्चिमको सत्ता समीकरणबारे नेकपाको निर्णायक बैठक आज, सरकारको नेतृत्वमै दाबी

सुदूरपश्चिमको सत्ता समीकरणबारे नेकपाको निर्णायक बैठक आज, सरकारको नेतृत्वमै दाबी

बिहिवार , आषाढ ३२, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका बीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज बस्दै छ ।

संसदीय दलका नेता खगराज भट्टले बिहीबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा प्रदेशको पछिल्लो सत्ता समीकरण, सरकारको भविष्य तथा नेकपाको रणनीतिबारे निर्णय हुने जनाइएको छ ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेश सरकारको समीकरण फेरिएको छ। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सरकार संकटमा परेपछि मुख्यमन्त्री शाहले बजेट पारित गर्न नेकपासँग सहयोगको आग्रह गरेका छन्। तर नेकपाले हालको सरकारलाई समर्थन नगर्ने स्पष्ट अडान लिँदै उक्त प्रस्ताव अस्वीकार गरेको छ।

नेकपाले आफ्ना राजनीतिक सर्त पूरा नभएसम्म नेपाली कांग्रेस वा एमाले नेतृत्वको कुनै पनि सरकारलाई समर्थन नगर्ने नीति दोहोर्‍याएको छ। साथै, प्रदेश सरकारको नेतृत्व आफैंले गर्नुपर्ने दाबी पनि कायम राखेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077