Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

वीरमा अर्को अनियमितता, मेडिकल माफियाहरुसँग नवौं तहका डाक्टरको यस्तो कनेक्सन

वीरमा अर्को अनियमितता, मेडिकल माफियाहरुसँग नवौं तहका डाक्टरको यस्तो कनेक्सन

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । भ्रष्टाचार र अनियमितताका घटना सार्वजनिक भइरहने वीर अस्पतालमा पछिल्लो समय अर्को घटना सार्वजनिक भएको छ । मेडिकल माफियासँगको मिलेमतोमा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कार्डियोलोजिस्ट कन्सल्ट्यान्ट डा. दिपक कुमार मिश्रविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा परेको उजुरीमा डा. मिश्रविरुद्ध निमित्त निर्देशकलााई नै दबाब दिएर अवैध सम्पत्ति आर्जन तथा गैरकानूनी लगानी गरेको उल्लेख गरिएको छ । 

साथै उजुरीमा डा. मिश्रले आफ्नो अधिकारक्षेत्रबाहिर गएर खरिद, लेखा, प्रशासन र स्टोरमा हस्तक्षेप गर्ने गरेको उल्लेख गरिएको छ । उनले मेडिकल माफियासँगको मिलेमतोमा अस्पतालका लागि आवश्यक पर्ने विभिन्न खरिदहरुमा बिचौलियाको भूमिका निर्वाह गरी करोडौं रुपैयाँ असुली गरेको उल्लेख गरिएको छ ।

डा. मिश्रविरुद्ध प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा छानबिन तथा कारबाहीको माग गरिएको छ ।

साथै उनले श्रीमतीको नाममा गैरकानूनी संस्था स्थापना गरी विभिन्न मेडिकल उपकरण तथा सामाग्रीहरुको खरिदमा अनियमितता गरेको पनि उजुरीमा दावी गरिएको छ ।

त्यतिमात्रै होइन डा. मिश्रले लेखा तथा खरिद शाखामा अनावश्यक दबाब दिई विभिन्न सामाग्रीको खरिदको भुक्तानीमा कमिशन लिने गरेको पनि उल्लेख गरिएको छ ।

उजुरीको विषयमा प्रतिक्रियाका लागि डा. मिश्रसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077