Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • इस्टर्न रिजन टी–२० क्रिकेटः सिंगापुरद्वारा हङकङलाई १६९ रनको लक्ष्य

    इस्टर्न रिजन टी–२० क्रिकेटः सिंगापुरद्वारा हङकङलाई १६९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौंः थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा सिंगापुरले हङकङलाई १ सय ६९ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

    उसका लागि टिम डेविडले उत्कृष्ट ब्याटिङ गरे । उनले उनले ४६ बलमा ५ चौका र २ छक्का हिर्काउँदै ५८ रन बनाए । यस्तै, मनप्रीत सिंहले अविजित ४२, सुरेन्द्र चन्द्रमोहनले ३२, सिद्धान्तले १६ रनको योगदान दिए । बलिङमा हङकङ टीमका अफ्ताब हुसैनले सर्बाधिक २ विकेट लिए ।



    आज नै भएको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले हराएको थियो । आज सिंगापुर हङकङसँग हारेमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । सिंगापुरले जित्दा भने नेपालको सपना समाप्त हुनेछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार