Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ‘मिस वर्ल्ड’ २०१९ की टोनी हेलम्बु आउँदै

    ‘मिस वर्ल्ड’ २०१९ की टोनी हेलम्बु आउँदै

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडाैं । विश्व सुन्दरी २०१९ की विजेता टोनी एन सिंह सिन्धुपाल्चोकको हेलम्बु आउने भएकिछिन् । हिडन ट्रेजरको समन्वयमा नेपाल आउन लागेकी टोनी फागुन २३ गते हेलम्बु आउने छिन् ।

    मिस नेपाल २०१९की बिजेता अनुष्का श्रेष्ठको पहलमा ‘मिस वर्ल्ड’ -२०१९ की बिजेता जमैकाकी टोनी एन सिंह हेलम्बु आउने भएकी हुन् ।



    हेलम्बु आउँदा पर्यटन क्षेत्रमा सहयोग पुग्ने हेलम्बु गाउँपालिकाको अपेक्षा छ । सिंहले हेलम्बुमा निर्माणाधिन चिन पछिको दोस्रो ठुलो ग्रेट ट्रेल र हेलम्बुका मोडेल विद्यालयहरुकोे समेत अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।



    हेलम्बुमा उनी ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ पुग्ने कार्यक्रम तय भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए ।

    सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन् । टोनीले सोर्सिङ गाउँमा एकघण्टा बिताउने कार्यक्रम रहेको अध्यक्ष लामाले बताए ।

    त्यहाँका मानिसहरुको जीवनस्तर उकास्न अनुष्काले सीपमुलक कार्यक्रमहरु गरिरहेकी छिन् । भोलि काठमाडौं आइपुग्ने ‘मिस वर्ल्ड’ टोनी फागुन २३ मा हेलम्बु पुगेर काठमाडौं फर्किेनेछिन् । टोनीको नेपाल बसाई दुई दिनको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार