Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोना भाइरसबाट बलिउडका नायक सलमान खान प्रभावित

    कोरोना भाइरसबाट बलिउडका नायक सलमान खान प्रभावित

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 3.6K
    SHARES

    काठमाडौ । बलिउडका नायक सलमान खान कोरोनाभाइरसका कारण प्रभावित भएका छन् । सलमान खानको शुटिङ्ग भइरहेको चलचित्र राधे को शुटिङ्ग कोरोनाभाइरसका कारण रोकिएको छ ।

    राधे चलचित्रको शुटिङ्गको अन्त्य–अन्त्य तिर आइपुग्दा कोरोनाभाइरसबाट सतर्क रहन चलचित्र निर्माताले शुटिङ्गलाई केहि समयको लागि रोकेका छन् ।



    भारतीय संचार माध्यममा आएको समाचार अनुसार राधे चलचित्रको थाईल्याण्डको सेड्युल केहि समयलाई रोकिएको छ । भारतमा शुटिङ्ग गरिरहेको राधे चलचित्रको टिम यहि हप्ता थाईल्याण्ड जाने तयारी थियो तर कोरोनाभाइरसको त्रासले सतर्कता अपनाउदै अहिले उक्त सेड्युल रोकिएको छ ।



    सलमान खान सहितको टोली थाईल्याण्ड तर्फ प्रस्थान गर्ने तयारी अब केहि समय पश्चात मात्र हुनेछ । थाईल्याण्ड सरकारले समेत सतर्कता अपनाउन पर्यटकहरुलाई आग्रह गरे संगै सबै कार्यक्रमहरु रोकिएका हुन् । प्रभुदेवाको निर्देशनमा काम गरेको सलमान खानको यो तेस्रो चलचित्र हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार