Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति स्थगित

    ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सारिएको छ । कोरोना भाइरसको जोखिमका कारण फिल्मको रिलिज मिति स्थगित गरिएको हो ।

    निर्देशक सुदर्शन थापाले आफ्नो ब्यानर सुदर्शन थापा प्रोडक्सनका तर्फबाट एक विज्ञप्ति जारी गर्दै अर्को सूचना सार्वजनिक नगरी फिल्मको प्रदर्शन नगर्ने जनाएका छन् ।



    ‘आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ । सुदर्शन थापाले निर्देशन गरेको यो फिल्ममा पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहेको छ ।



    सांगीतिक प्रेमकथामा आधारित यो फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ रिलिजअघि चर्चामा छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार