Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पोखराको ट्रेजर लाउन्जमा टेम्प्रेचर गन, ग्राहक र पर्यटकद्वारा प्रशंसा

    पोखराको ट्रेजर लाउन्जमा टेम्प्रेचर गन, ग्राहक र पर्यटकद्वारा प्रशंसा

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 5.7K
    SHARES

    कास्की। कोरोना भाइरसका कारण धरासायी बन्दै गएको पोखराको पर्यटन ब्यवसायलाई कोरोना मुक्त गर्न लेकसाइडको एक लाउन्ज बारले आफ्नो तर्फबाट सर्तकता अनपाउँदै कोरोना चेक गर्ने मेसिन राखेर प्रयोगमा ल्याएको छ ।

    पोखरा लेकसाइडको ट्रेजर लाउन्ज बारले आफ्नो बार भित्र पस्ने मुल गेटमा टेमप्रेचर गन मेसिनले चेक गरेर मात्र प्रवेश गराउने तथा सेनिटाइजर र मास्कको फ्रि सुबिधा प्रदान गरेको छ ।



    ट्रेजर लाउन्ज बारका संचालक मध्येका एक किरण बरालका अनुसार कोरोनाका कारण संसार नै प्रभावित बनेको यो समयमा सबै सजग रहनुपर्ने हुँदा मेसिन राखेर प्रयोगमा ल्याइएको हो।  आफुहरुले सेनिटाइजर तथा मास्क निशुल्क प्रदान गर्नुका साथै मुल गेटमा टेम्प्रेचर गनले चेक गर्ने ब्यवस्था गरेको बरालले बताए ।



    दुई वटा टेम्प्रेचर गन प्रयोगमा राखिएको पनि उनले जानकारी दिए । त्यी दुइ टेम्प्रेचर गन नेपालमा उपलब्ध नभएर बिदेशबाट ल्याइएको पनि उनले बताए । उनले कोरोनाको आशंका लागेका तथा १०० डिग्री फरेनाइट भन्दा माथीको टेम्प्रेचर भएका हरुलाई प्रवेश निषेध गरिने जानकारी दिएका छन् ।

    टेम्प्रेचर गनले मुल गेटमा जाँच नगरि प्रवेश नदिने ब्यवस्था रहेको पनि उनले बताए । दैनिक सयौको संख्यामा आउने ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सो अभियान शुरु गरिएको पनि बरालले बताएका छन् ।

    कोरोनाका कारण पर्यटक तथा अन्य नेपालीहरुमाझ त्रास बढेको भन्दै उनले त्रसित हुनु नपर्ने पनि बताए । उनले संयमता तथा सजगता अपनाउनु ठिक हो तर डराएर बस्नुपर्ने अवस्था नरहेकोमा जोड दिएका छन् ।

    यसरी पर्यटक तथा ग्राहकको स्वास्थ्यमा चासो राख्दै शुरु गरेको यो कार्यको ग्राहक तथा पर्यटकले खुलेर प्रसंशा गरेका छन । यो बार प्राय टिनएजरहरुको र बिदेशि पर्यटकको पहिलो रोजाई हो ।

    लेकसाइड जस्तो दैनिक सयौ पर्यटक जम्मा हुने स्थानमा ट्रेजर लाउन्ज बारले जस्तै अन्य ब्यवसायीले पनि टेम्प्रेचर गन , सेनिटाइजर तथा मास्कको प्रयोग गर्न तथा गराउन शुरु गरे पोखरालाई कोरोना मुक्त बनाउन सहयोग पुग्ने तथा पर्यटन ब्यवसायको ब्यवसाय धरासायी हुनबाट बच्थ्यो कि ?

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार