Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जो अगुवा उही…नहोस् : डा. भट्टराई

    जो अगुवा उही…नहोस् : डा. भट्टराई

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । प्रदेश प्रमुखहरुले एकैपटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकप) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेकोप्रति संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

    केही समय अघि डा. भट्टराईले ट्वीट गर्दै प्रदेश प्रमुख पार्टी प्रतिनिधि नभएको भन्दै राज्यका प्रतिनिधिहरु सरकार प्रमुखलाई भेट्ने उल्लेख गरेको छन् ।



    एकै पटक प्रदेश प्रमुखहरुले पार्टी प्रमुखलाई भेट्नु गलत भएको प्रतिकृया दिंदै डा. भट्टराईले सातै जनाको एकैसाथ निजी भेट हुनसक्दैन भनेका छन् ।



    डा. भट्टराईले ट्वीटमा लेखेका छन्–‘प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन्, राज्यका प्रतिनिधि हुन् ! उनीहरूले राज्यरसरकार प्रमुखलाई भेट्ने हो, पार्टी प्रमुखलाई भेट्ने हैन । कुनै एकको निजी भेटघाट हुनसक्छ, सातै जनाको एकैसाथ निजी भेट हुनसक्दैन ! पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन १ जो अगुवा उही…नहोस् !’

    यसअघि आफूहरुले भोग्नु परेका समस्याबारे अवगत गराउन काठमाडौं आइपुगेका सात वटै प्रदेशका प्रमुखहरुले आज बिहानै नेकपा अध्यक्ष दाहालसँग भेट गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार