Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काेराेनाकाे प्रभाव

    अब सहुलियत पसलमा पाइन्छ ग्याँस, चामल, नुन

    अब सहुलियत पसलमा पाइन्छ ग्याँस, चामल, नुन

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 7.2K
    SHARES

    काठमाडौं । विश्वका १ सय भन्दा बढि देशमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण नेपाली बजारमा प्रभाव परेको छ ।

    सरकारी पेट्रोल पम्पहरुमा लामो लाइन लागेको छ भने निजी पेट्रोल पम्पहरुले तेल नै विक्री गरेका छैनन् । यहि बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि मूल्य बढ्छ र नाफा खाउँला भनेर पेट्रेल लुकाएर बसेका व्यपारीहरु अहिले बन्द गरेर बसेका छन् ।



    त्यसो त ग्याँसको लाइन पनि उत्तिकै छ । सरकारले माग भन्दा बढि ग्याँस आइरहेको बताए नि बजारमा भने सजिलै ग्याँस पाइएको छैन ।



    बजारमा कोरोनाको असर देखिन थालेसँगै सरकारले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

    संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न सहुलियत पसल सञ्चालन गर्न लागेको बताएका हुन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गरिने मन्त्री भट्टले बताए ।

    केही दिनमै सञ्चालनमा आउने पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुने मन्त्री भट्टले बताए ।

    मन्त्री भट्टका अनुसार कोरोना संक्रमण रोक्ने उच्चस्तरीय समितिको योजनाअनुसार नै देशभर यस्ता पसलहरु सञ्चालन गरिने भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार