Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सरकारकाे निर्णयप्रति आ–आफ्नै व्याख्या

    टियूले नटेरे पनि हुने, समितिको बैठक चाहि स्थगित गर्नुपर्ने ?

    टियूले नटेरे पनि हुने, समितिको बैठक चाहि स्थगित गर्नुपर्ने ?

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । सरकारले २५ जना भन्दा बढि भेला नहुन दिएको निर्देशन संसदको राज्य व्यवस्था समितिमा भने लागु भएको छ । जसका कारण आजको बैठक नै स्थगित हुन पुगेको छ ।

    एकातिर त्रिभुवन विश्वविद्यालय जस्तो संस्थाले अटेर गरेर परीक्षा सञ्चालन गरिरहेको छ भने अर्कोतिर विभिन्न निर्णणहरु गरेर कार्यान्वयन गर्न पहल गर्नु पर्नेमा राज्य व्यवस्था समितिको भने बैठक नै स्थगित हुन पुगेको छ ।



    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले २५ जना भन्दा बढि भेला नहुन निर्देशन दिएको थियो ।



    तीन तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल गर्न समितिको बैठक बोलाइए बैठक केहीबेर चलेपनि २५ जनाभन्दा बढी सहभागी भएको भन्दै स्थगित गराइएको हो ।

    बैठकमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन दिएको भन्दै बैठक स्थगित गर्नुपर्ने धारणा राखेपछि बैठक स्थगित गरिएको छ ।

    के थियाे बुधबारकाे निर्णय ?

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार